डकुमेन्ट्री ओपन स्कुलको आयोजनामा 'समथिङ लाइक अ फिल्म फेस्टिभल' हुने भएको छ।
यही असोज २६, २७ र २८ गतेदेखि पाटन ढोकास्थित यलमाया केन्द्रमा फेस्टिभल हुन लागेको हो। फेस्टिभलमा डकुमेन्ट्री, छोटा र फिचर फिल्म गरी ४७ वटा फिल्म प्रदर्शन हुनेछ। १५ वटा देशका फिल्म छनोटमा परेका छन्।
असोज २६ गते 'महिलावादी भाष्य इतिहास' तथा 'क्वियर एक्प्रेसन इन फिल्म' गरी दुई विषयमा छलफल हुनेछ। साथै 'निबन्ध चलचित्र' का लागि चिनिने जर्मन फिल्ममेकर 'हारून फारुकीको सम्झनामा' विषयक कार्यक्रम अन्तर्गत उननीद्वारा निर्मित तथा कार्यशाला चलचित्र पनि फेस्टिभलमा देखाइने छ।
फेस्टिभलको सुरूवातमा निमा गेलु शेर्पाको 'काठमाडौं मनसुन', किरण श्रेष्ठको 'एट अनदर विन्टर', दिपा श्रेष्ठको 'ड्रिफ्टिङ क्लाउड्स' प्रदर्शन हुनेछ।
समथिङ लाइक फिल्म फेस्टिभलको सुरूवात सन् २००९ देखि भएको हो। यसले युवाहरूले बनाएका फिल्मलाई प्राथमिकतामा राख्दै आएको छ।