बलिउड अभिनेता आमिर खानले 'तारे जमिन पर' को सिक्वेलको घोषणा गरेका छन्।
यस फिल्मको नाम 'सितारे जमिन पर' राखिएको छ। फिल्मको थिम 'तारे जमिन पर' सँग मिल्दोजुल्दो रहने बताइएको छ।
दिल्लीमा आयोजित एक कार्यक्रममा उनले फिल्मबारे जानकारी दिएका हुन्। 'मैले यस फिल्मबारे सार्वजनिक रूपमा कुरा गरेको छैन र अहिले पनि धेरै कुरा गर्न सक्दिनँ। तर म फिल्मको नाम भन्न सक्छु। यस फिल्मको नाम हो 'सितारे जमिन पर'। यो फिल्म तारे जमिन परभन्दा १० कदम अगाडि हुनेछ,' उनले भने, 'तारे जमिन परले तपाईलाई रूवाएको थियो भने यसले तपाईहरूलाई हँसाउछ।'
उनले थप्दै भने, 'यो फिल्मको नाम धेरै सोचेर राखिएको हो। हामी सबैमा कमजोरी छ तर हामी सबै केही खास छौं। त्यही भएर हामीले यस विषयलाई अगाडि बढाएका हौं। तारे जमिन परमा मैले इशानलाई मदत गरेको थिए। यसमा ९ जना केटाहरूले मेरो मदत गर्नेछन्।'
आमिरको निर्माणमा आगामी फिल्म 'लाहोर: १९४७' बन्दैछ। राजकुमार सन्तोषीले निर्देशन गर्ने फिल्ममा सनी देओलको पनि मुख्य भूमिका रहने छ।