लोक गायक निश्चल दवाडीले नयाँ गीत ‘चाइने क्यारे गोर्खा नेपालमा’ सार्वजनिक गरेका छन्। गतवर्ष ‘सोल्टी बजारमा’ बोलको लोकदोहोरी गीत ल्याएर चर्चा पाएका गायक दवाडीले आइतबार आफ्नै युट्युब च्यानलमार्फत् नयाँ सार्वजनिक गरेका हुन्।
चाइने के रे गोर्खा नेपालमा बोलको गीतमा गायक दवाडीलाई चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छन्।
गीतको म्युजिक भिडिओमा चर्चित नायिका प्रियङ्का कार्की, गम्भीर विष्ट लगायत छन्। म्युजिक भिडिओको निर्देशन कलाकार विष्ट आफैंले गरेका छन्।
स्कुल पढ्दादेखि नै लोक गीत गाउन थालेका गायक दवाडीले २०६८ सलामा पहिलो लोक दोहोरी ‘हजार खुसी’ ल्याएका थिए। त्यसयता उनले आधा दर्जन लोकदोहोरी गीत सार्वजनिक गरिसकेका छन्।
गायक दवाडीले आइतबार सार्वजनिक गरेको गीत चाइने के रे गोर्खा नेपालमा बोलको गीतको शब्द र लय पोखराबाट काठमाडौं जाँदा रचेका थिए।
‘पोहोर पोखराबाट नाइट बसमा काठमाडौं जाँदा नयाँ गीतको शब्द र लय मनमा आयो, त्यसैलाई टिपेर रेकर्ड गराएको हुँ,’ दवाडीले भने, ‘यो गीतले पनि सोल्टी बजारमा जस्तै दर्शक र स्रोताको माया पाउँछु भन्ने विश्वास छ।’