शुक्रबार दुईवटा नेपाली फिल्म 'रावायण' र 'देवी' रिलिज हुँदैछन्।
तीजको अवसर पारेर एकैदिन प्रदर्शन आरम्भ गर्न लागेका फिल्मको बुकिङ खुला भइसकेको छ।
सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'रावायण' लाई पहिलो दिन ४५ शो दिएको छ। काठमाडौंमा १८ र बाहिर २७ शो दिएको हो।
त्यस्तै 'देवी' ले क्युएफएक्स चेनमा १६ शो पाएको छ। काठमाडौंमा ७ र बाहिर ९ शो दिइएको हो।
फिल्मको शोमा केही थपघट भने हुनसक्छ।
आइएनआई चेनमा 'रावायण' ले ९ शो पाउँदा ‘देवी’ ले ३ शो पाएको छ। बिएसआर मुभिजमा पनि बुकिङ खुलाइएको छ। बिग मुभिज, वान सिनेमाज लगायतमा बुकिङ खुलाउने तयारी छ।
सुदर्शन थापाको निर्देशन रहेको 'रावायण' मा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन्। २ घण्टा १५ मिनेटको यो फिल्मलाई एक्सन–ड्रामा जनरामा राखिएको छ।
संजोग राई निर्देशित 'देवी' मा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारीको मुख्य अभिनय छ। यो सामाजिक कथामा बनेको हो।