हरितालिका तीजको अवसर पारेर शुक्रबारदेखि दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित 'रावायण' र संजोग राईको निर्देशन रहेको 'देवी' आज रिलिज भएका हुन्।
'रावायण' मा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन्। साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायत कलाकारहरूको पनि अभिनय छ। निर्देशक थापाको कथा रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, श्री श्रेष्ठको द्वन्द्व छ।
एक्सन–ड्रामा जनरामा राखिएको यो फिल्मको रनटाइन २ घण्टा १५ मिनेट छ।
यस्तै 'देवी' मा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, टिका पहारी, प्रभाकर न्यौपाने, धु्रव कोइराला लगायत कलाकारहरूको अभिनय छ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका हुन्।
गत असारमा रिलिज भएको 'घरज्वाइँ' पछि कुनै नेपाली फिल्म बक्स अफिसमा सफल हुन सकिरहेका छैनन्। यस्तोमा आज रिलिज फिल्मले राम्रो व्यापार गर्नुपर्ने चुनौती छ।
फिल्मले कस्तो ओपनिङ गर्लान्? धेरैको चासो छ।