अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म '१२ गाउँ' को पहिलो गीत सार्वजनिक गरिएको छ।
शनिबार सार्वजनिक 'सिनेमा हेर्न जाउँ' बोलको रोमान्टिक गीतमा डेब्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपालले नृत्य गरेका छन्। सानुले यसबाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्।
भिडिओमा दुई कलाकारलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। सुनिल क्षेत्रीले भिडिओको कोरियोग्राफी गरेका हुन्।
यो गीतमा चर्चित भारतीय पाश्र्वगायक नकाश अजिजले स्वर दिएका छन्। अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द उनी र विराज भट्टले लेखेका हुन्।
यो फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।
फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका साथमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।
सन्तोष सरकारको लेखन रहेको फिल्ममा महेश पौडेल र राजु लामाको डिओपी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ।
एक्सन–थ्रिलर कथामा बनेको फिल्ममा भारतीय द्वन्द्व निर्देशकले काम गरेका छन्। स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका हुन्।
दसैंको फूलपाती (असोज २४) गते फिल्म रिलिज हुनेछ। फिल्मलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।
भिडिओः