गीत हौ तिमी गीत म पनि गीतमा भेटौंला
चिताएजति पुर्याएपछि चितामा भेटौंला
कालले हाम्लाई छुटायो भने कलामा भेटौंला
कथामा कैल्यै छुट्टदैनौं हामी कथामा भेटौंला
कवि नवराज पराजुलीको नयाँ कविता 'कथामा भेटौंला' को भिडियो युट्युबमा सार्वजनिक भएको छ।
नवराज स्वयंको युट्युबमा सार्वजनिक यो उनको पहिलो छन्द कविता हो। कविता 'झ्याउरे' छन्दमा लेखिएको छ।
कवितामा उज्ज्वल सागरको पार्श्व संगीत छ। झापाको ब्रिउड बुक क्याफेमा पहिलोपटक प्रस्तुत गरिएको यो कविताको भिडिओ गोजा प्रोडक्सनले खिचेको हो।
यो कविता नवराजको काव्यकृति 'घर' मा संग्रहित हुनेछ।