निर्माण तयारीमा रहेको फिल्म 'महादशा' मा अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन्। निर्माण पक्षले फिल्ममा निरूता र उत्तमलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
किरण नेपालीको निर्देशनमा तयार हुने यस फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ।
लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरूङको पनि अभिनय रहनेछ।
मनीष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमलादेवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।
निरूता र उत्तमले 'दर्पण छायाँ', 'लहना', 'उपहार' लगायत फिल्ममा सहकार्य गरेका छन्। यी दुईले १२ वर्षपछि गत वर्ष एक म्युजिक भिडिओमा अभिनय गरेका थिए। निरूता र उत्तमबीच फिल्ममा वर्षौपछि सहकार्य हुन लागेको हो।