नेपालमा भएको बहुपति प्रथाको विषयमा फिल्म 'सूर्योदय' निर्माण हुने भएको छ। 'द स्काई मुभिज' ले वि सं २०६५ मा फिल्म निर्माण गर्ने घोषणा गरेपनि १० वर्षपछि यो फिल्म निर्माण हुने भएको छ। फिल्मलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन्।
निर्देशक अधिकारीले दाईको श्रीमतीमा भाईहरुको पनि समान हक लाग्ने प्रथाबारे अनुसन्धान गर्न लामो समय लागेकाले फिल्म निमाणमा ढिलाई भएको बताएका छन्।
फिल्मको बजेट ८ देखि १० करोड भएको बताउँदै अधिकारीले उत्तर पूर्वी डोल्पा र उत्तर पश्चिम मनाङ, मुस्ताङमा चलिआएको बहुपतिप्रथालाई विश्वव्यापी रुपमा चिनाउनको लागि लामो समयको अध्ययन गरिएको उनले जानकारी दिएका छन्।
उनले यस फिल्म निर्माणको लागि रेड क्यामेरा भित्राएका थिए। तर फिल्मको निर्माण मिति सरेपछि त्यस क्यामेराबाट 'काठमाण्डौ' फिल्म निर्माण गरेका थिए।
फिल्मको निर्माणको सुरुवात सन् २०१८ मा हुने उनले बताए। फिल्म निर्माणमा ‘द स्काई मुभिज’सँग स्वदेशी तथा विदेशी संघसँस्थाले सहकार्य गर्ने उनले बताए।