सोमबारदेखि रसियन कल्चर सेन्टरमा छैठौं नेपाल अफ्रिका फिल्म फेस्टिवल २०१७ सुरु भएको छ। असोज २ गतेदेखि ४ गतेसम्म चल्ने फिल्म महोत्सबलाई नेकपा एमाले अध्यक्ष केपी शर्माले सोमबार उद्घाटन गरेका थिए।
कलेज अफ मास कम्युनिकेशन एण्ड जर्नालिज्मले आयोजना गरेको फिल्म फेस्टिवलमा अफ्रिकी मुलुक र नेपाली फिल्म प्रर्दशन हुनेछन्।
यस वर्ष ८ वटा अफ्रिकी फिल्म र १ वटा नेपाली फिल्म प्रर्दशन हुने आयोजकले जनाएको छ।
महोत्सबको पहिलो दिन सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल /तान्जानिया/भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शन भएको थियो।
यसैगरि मंगलबार युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, संयुक्त राज्य अमेरिका/चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को/फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ देखाइएको छ।
महोत्सबको अन्तिम दिन ४ असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित फिल्म 'डा.खाते', प्रदर्शन हुने आयोजकले जनाएको छ।
आयोजक कलेजकी प्रिन्सिपल एवं फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै देखाउन बिगत ६ वर्षदेखि यस्तो फिल्म फेस्टिवलको आयोजना गरिएको बताइन्।