'चमेली'(२००६ ) तथा 'हजारों ख्वाशियो एसी'(२००५) जस्ता फिल्मका निर्देशक सुधिर मिश्राले मूख्य कलाकारलाई प्रचार गर्ने फिल्म निर्माणमा आफूलाई रूचि नभएको बताएका छन्।
'म हिरो वा स्टारलाई विज्ञापन गर्ने फिल्म बनाउँदिन। म कथा तथा तिनलाई अभिनय सकिने पात्रहरूको लागि फिल्म बनाउँछु। मैले अनिल कपुर, मनिषा कोइराला तथा करिना कपुरसँग काम गरेको छु तर म स्टारको तस्विरलाई खेलाउँदिन्', मिश्राले भने।
त्यस्तै सुधिरले यसको मतलब स्टारहरूसँग काम गर्न आफूलाई समस्या रहेको भन्ने नभएको बताए।
'कहिलेकाहिँ स्टारले तपाईको फिल्मको महत्व बढाउने काम गर्छन। उनीहरूले ठूलो मात्रामा दर्शक जुटाइदिन्छन्। स्टारहरू पनि राम्रा अभिनेता हुन्छन्। मेरो भनाइको मतलब उनीहरूको विरोध होइन। तपाईले कसैलाई फिल्म लिनुहुन्छ यसको अर्थ उसको काम लिनका लागि हो नकी स्टार भएका कारण।
सुधिर निर्देशित 'दास देव' फिल्म केही समय अगाडी रिलिज भएको थियो। फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। उनले आफ्नो भनाइलाई थप स्पष्ट पार्न सौरभ शुक्लाको उदाहरण पेस गरे ।
'मलाई थाहा छैन् शौरभ स्टार हुन या अभिनेता तर उनले 'जोली एलएलबी २'को लागि ठूलो प्रशंसा बटुलेका छन्। मैले पनि त्यो फिल्म अरू दर्शकजस्तै गरी हेरे र फिल्म हेर्न आएका सबै दर्शकले उनको जोडदार प्रशंसा गरे। यी चरित्र अभिनेताहरू आजकल केहि स्टार जस्तो भइसकेका छन्। आजका दर्शक फिल्मको कथा हेर्नमा रूचि राख्छन्।'
धेरै फिल्म निर्माता-निर्देशकहरूले उनीहरूको ध्यान फिल्मको कमाइ भन्दा पनि विषयमा केन्द्रित हुने गर्छ भन्छन तर सुधिर भने यस्ता भनाइलाई झुट मान्छन्।
'को हाउसफूल होस भनेर चाहँदैन। जसले मलाई फरक पर्देन भन्छन्, उनीहरू झुट बोलीरहेका छन्। हामी यस्तो माध्यममा छौ जहाँ हामी सबैबाट रूचाइयोस भन्ने चाहाना राख्छौं। यस्तो मचाँहि मेरो फिल्म सफल नभए पनि हुन्छ भनेर नाटक गर्न सक्दिन्।'