बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनलाई १ अक्टोबरमा खुट्टामा गोली लागेर अस्पताल भर्ना गरिएको थियो। आफ्नो लाइसन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खसेर फायर भएको थियो। अब उनी ३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
डिस्चार्ज भएपछि उनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन्। 'म सबैलाई उनको प्रार्थनाका लागि धन्यवाद दिन्छु। म विशेष गरी आफ्नो प्रशंसकलाई मेरो लागि यति धेरै प्राथना गर्नका लागि धन्यवाद दिन चाहन्छु। म उनीहरूको मायाको लागि मनैदेखि धन्यवाद दिन चाहन्छु।'
गोविन्दा मंगलबार बिहन ५ बजे कोलकता जाँदै गर्दा यो दुर्घटना भएको थियो।