दक्षिण भारतीय अभिनेता प्रभास घाइते भएका छन्।
उनी आगामी फिल्म 'फौजी' को छायांकनको क्रममा घाइते भएका हुन्। जसको कारण उनी जापानमा फिल्म 'कल्की २८९८ एडी' को प्रमोशनमा सामेल नहुने भएका छन्। यो फिल्म ३ जनावरीमा जापानमा रिलिज हुँदैछ।
आफू जापानमा आउन नसक्ने बताउँदै उनले लेखेका छन्, 'ममाथि र मेरा काममाथि यति धेरै माया दिनका लागि तपाईहरूलाई धन्यवाद। म लामो समयदेखि जापान जाने पखाईमा थिएँ। तर छायांकनको क्रममा मेरो घुँडामा चोट लागेको छ। त्यसैले म जापान आउन सक्दिनँ।'
'फौजी' मा प्रभास ब्रिटिस सैनिकको भूमिकामा देखिनेछन्। फिल्ममा उनीसँगै मिथुन चक्रवर्ती र जया प्रदाको पनि मुख्य भूमिका हुनेछ।