भारतीय गायक अरमान मलिकले विवाह गरेका छन्।
उनले प्रेमिका आशना श्राफसँग विवाह गरेका हुन्। उनीहरूले बिहीबार इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
'तिमी नै मेरो घर', उनीहरूले लेखेका छन्। उनीहरूले तस्बिर सार्वजनिक गरेपछि बधाईको ओइरो लागेको छ।
अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा आवद्ध छन्। अरमान र अमालले एकसाथ थुप्रै गीत गाएका छन्।
आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन्। उनले ब्युटी र फेसनसँग सम्बन्धित भ्लग बनाउँछिन्।



