बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चा आइरहन्छन्।
उनको नाम अभिनेत्री पलक तिवारीसँग जोडिरहन्छ। हालै इब्राहिमले पलकसँगको प्रेम सम्बन्धबारे कुराकानी गरेका छन्।
'पलक मेरी निकै राम्रो साथी हुन्। उनी निकै स्वीट छिन्, बस यही भन्न चाहन्छु,' उनले फिल्मफेयर म्यागेजिनसँग कुराकानी गर्दै भनेका छन्।
इब्राहिम र पलक धेरै पटक एकसाथ देखिएका थिए। पार्टी गर्न होस् या फिल्म हेर्न होस् उनीहरू एकसाथ जान्छन्।
इब्राहिम सैफ अली खान र अमृता सिंहको छोरा हुन्। उनले फिल्म 'नादानियां' बाट अभिनयमा डेब्यू गरेका छन्। उनको पहिलो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो। जसमा उनी खुशी कपूरसँग देखिएका थिए।