फिल्मका कलाकारको व्यक्तिगत जीवनसँग जोडिएको रोचक जानकारी करण जोहरको चर्चित शो 'कफी विथ करण' मा पाइन्छ।
यसको ८ सिजन सफल साबित भइसकेको छ। यस शोमा कलाकारहरू आफ्नो प्रेम जीवनदेखि लिएर अफेयरसम्मको कुरा गर्छन्।
हालै करण जोहरले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गर्दै यस शोको ९ सिजनको बारेमा जानकारी दिएका हुन्। उनले यो सिजन छिट्टै आउने बताएका छन्।
करण कफी विथ करणको फर्माटको बारेमा पनि कुराकानी गरेका छन्। करणका अनुसार यस सिजनमा 'र्यापिड फायर राउण्ड' हट्ने सम्भावना छ।
करण हाल आफ्नो आगामी फिल्मको प्रमोशनमा व्यस्त छन्।