दक्षिण भारतीय फिल्म 'आरआरआर' मा जुनियर एनटिआरको 'बडी डबल' रहेका ईश्वर हैरिसले फिल्म 'वार २' मा काम गर्न अस्वीकार गरेका छन्।
उनले एक अन्तर्वार्ताको क्रममा फिल्मको लागि दिने पारिश्रमिक निकै कम रहेको बताएका छन्। उनले यो पारिश्रमिक फ्लाइट खर्च पनि नपुग्ने बताएका छन्।
ईश्वर हैरिसलाई 'वार २' को केही दृश्यको लागि जुनियर एनटिआरमा बडि डबल गर्न सम्पर्क गरिएको थियो। तर उनले अस्वीकार गरेका छन्।
'मलाई फिल्म वार २ मा काम गर्न चाहन्छौं भनेर सोधिएको थियो। मैले तुरून्तै हुन्छ भने। मलाई मुम्बईको फ्लाइटमा आउन बताइएको थियो। तर पारिश्रमिक यति कम थियो कि त्यसमा मेरो फ्लाइटको खर्च पनि निक्दैन थियो,' उनले भने।
ईश्वरले बलिउडको आलोचना पनि गरे। उनले भने, 'तेलुगु फिल्म क्षेत्रमा धेरै पैसा पाइन्छ। बलिउड तेलुगुभन्दा नराम्रो छ। मैले टलिउडमा त्योभन्दा धेरै पैसा पाएँ। जब कि वार २ को बजेट ठूलो छ। हामीलाई पनि राम्रो पारिश्रमिक दिनुपर्छ।'
यो फिल्मको बजेट २०० करोड भारू बताइएको छ। फिल्ममा जुनियर एनटिआर र ऋतिक रोशनको मुख्य भूमिका छ।