'समभोक' उपन्यास बिक्रीबाट प्राप्त भएको रकम असहाय तथा बालबालिका लागि सहयोग गरिने भएको छ।
उपन्यासका लेखक शिव प्रकाशले प्राप्त रकम दुई सामाजिक संस्थालाई प्रदान गरिने बताए।
चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई दुई लाख रुपैयाँ सहयोग गर्ने उनले बताए।
यसअघि महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई दुई लाख ५७ हजार सहयोग गरिएको थियो। उक्त रकम घागी कथा संग्रह बिक्रीबाट प्राप्त भएको उनले जनाए।