'मदन पुरस्कार २०८०' का लागि पाँचवटा कृति छनौटमा परेका छन्।
मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।
गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो। छनोट भएका पाँचमध्ये सबभन्दा उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।
छानिएका कृतिहरूमा भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', मोहन मैनालीको 'मुकाम रणमैदान', जीवन क्षेत्रीको 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि' र रोशन थापा नीरवको 'सन्त्रासका साठी दिन' छन्।