जनमत पार्टीका अध्यक्ष सिके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ।
राजधानीमा एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।
किताबमा सिके राउतको संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।
आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्वीर भएको राउतले बताए।
यो पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्य विरूद्धको अभियोगमा जेल गएको संस्मरण उनले सुनाए।
जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दा सम्मका सिके राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।