अभिनेता राजेश हमालको पुस्तक 'युगदेखि युगसम्म' सार्वजनिक भएको छ।
शनिबार काठमाडौंका कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा आयोजित कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरिएको हो। पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा पुस्तक तयार भएको हो।
राजेश हमाल, लेखक यज्ञश, साहित्यकार बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा राजेशको जीवन, फिल्मी यात्राका अनुभवहरू, सामाजिक तथा व्यक्तिगत विचारहरूका साथै समाजका विविध पाटो समेटिएको छ।
पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको राजेशले बताए। यसमा आफ्नो जीवनका धेरै कुरा खुलाएको उनको भनाइ छ। पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो।
अभिनेता राजेश हमालसँग सेतोपाटीले गरेको भिडिओ कुराकानीः

