गुड फ्राइडे सिनेमा
१०१ वर्षीय एक व्यक्ति घरको आँगनमा बसेर बाटो हिँड्ने सबैलाई कराउँछन्।
उनको घरअगाडि सानो पसल छ। पसलमा आउने सबैलाई कराउन भ्याउँछन् उनी।
कहिले स्कुल जान लागेका बालबालिकालाई कराउँछन् त कहिले युवालाई। हातमा लौरो लिएर बसेका उनलाई देखेर बालबालिका डराउँछन् पनि।
ती वृद्धका जेठा छोरा गड्डाप्पा गाउँको खेतमा भौतारिँदै हिँडिरहेका हुन्छन्। जो चुरोट र रक्सी पिएर दिनरात बिताउँछन्।
उनका अर्का छोरा थम्मन्न उनको पाँच एकड सम्पत्ति अवैध रूपमा बेच्ने षड्यन्त्र गरिरहेका हुन्छन्।
थम्मन्नका एक छोरा एक छोरी छन्। छोरा किशोरावस्थामा प्रवेश गरिरहेका हुन्छन्। उनी आफ्नो घरको जिम्मेवारी भुलेर एक युवतीलाई पछ्याउन थाल्छन्।
एक दिन घरपछाडि ती १०१ वर्षीय वृद्धको मृत्यु हुन्छ। मृत्युको ११ दिनपछि अन्येष्टि राखिन्छ।
ती वृद्धको मृत्युमा उनका छोराहरूले कस्तो प्रतिक्रिया दिन्छन्?
उनका छोराहरूले उनको मृत्युपछि के गर्छन्?
यिनै कथालाई जोड्ने फिल्म हो 'तिथि'।
कन्नड भाषा यो फिल्म राम रेड्डीले निर्देशन गरेका हुन्। यसमा सिंग्री ग्वाडा, गडप्पा, थम्मे ग्वाडा, अभिषेक एचएन, पूजा एसएमलगायत कलाकारको अभिनय छ।
यसमा धेरै गैरकलाकार पनि छन्।
यो फिल्म सन् २०१५ मा ६८ औं लोकार्नाे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो। त्यसमा फिल्मले गोल्डेन लियोपर्ड फर्स्ट फिचर अवार्ड जितेको थियो।
सन् २०१६ मा भारतीय हलमा प्रदर्शन भएको तिथिले राम्रो समीक्षा पाएको थियो। यसले ६३ औं राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेको थियो।
यसले कुल १८ वटा अवार्ड जितेको छ।
फिल्म हेर्नुहोस् युट्युबमाः