गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' मा आफ्नो टिमका प्रतिस्पर्धी विजेता हुनु लोकसंगीतको जित भएको कोच खेम सेञ्चुरीले बताएका छन्।
'भ्वाइस अफ नेपाल' सिजन ६ को उपाधि कोच खेमको टिमका प्रोशेस पाण्डेले जितेका छन्। योसँगै सामाजिक सञ्जालमा खुसी साट्दै खेमले प्रोशस पाण्डेको जितलाई स्वर्णीम इतिहासको निर्माणका रूपमा व्याख्या गरेका छन्।
उनले लेखेका छन्, 'फरक क्षमता भएकाहरु पनि संगीतको सगरमाथा उक्लन सक्छन् भन्ने प्रमाण हो। नेपाली माटोको सुगन्ध दिने लोकसंगीत नै नेपाली गीतसंगीतको जननी हो भन्ने फेरि पनि खास ढंगले पुष्टि भएको छ। छाती चौडा पारेर भन्न मन लागेको छ, यो जित कस्को? लोकसंगीतको।'
उनले आफूले कोच उदय सोताङ, राजु लामा र मेलिना राईबाट धेरै कुरा सिक्न पाएको समेत उल्लेख गरेका छन्।
खेम भ्वाइस अफ नेपालमा लोकदोहोरी विधाबाट कोच बनेका पहिलो गायक तथा संगीतकार हुन्। दर्जनौं सुपरहिट लोकदोहोरी गीत दिएका खेम अहिलेका रूचाइएका कलाकार हुन्।