डिक्रा बादी र भुवन दाहालको स्वरमा डेउडा ठाडी भाका ‘गाउँ भैगया खाली’ सार्वजनिक भएको छ।
हरिलाल भट्टराईको प्रस्तुति रहेको गीत एचएस हार्मोनी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। हरिलाल भट्टराईकै शब्द, धर्मराज भट्टराईको संगीत रहेको गीतमा कृष्ण बाजुरेलीले संगीत संयोजनको काम गरेका छन्।
सार्वजनिक ठाडी भाकाले विकास पुगे पनि युवा नहुँदा गाउँ खाली भएको विषयवस्तु उठान गरेको छ।
प्रस्तुतकर्ता तथा सर्जक भट्टराईले यी गीत गाउँ र घर कुरेर बसिरहेकी आमाको तर्फबाट लेखिएको बताए। उनले गीत गाउँ कुरेर बसेका आमाबुवाप्रति समर्पित रहेको पनि बताए।
भिडिओमा दिनेश नेपाली र मनिषा रावलको अभिनय छ।
हरिलाल भट्टराईकै प्रस्तुति रहेको गीतको भिडिओमा सम्पादन तथा कथा निर्देशन छ। थापा कमल विवेकको सम्पादन तथा निर्देशन रहेको भिडिओ सुरज थापाले छायांकन गरेका छन्।
ठाडी भाका सुदूर तथा मध्यपश्चिम क्षेत्रका प्रसिद्ध छ।
भिडिओः