प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४१ औ बार्षिक साधारणसभाले सुनिल शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार काठमाडौंमा सम्पन्न सभाले के.जी एच गुप अफ होटल एण्ड रिर्सोटका अध्यक्ष सुनिल शााक्यको अध्यक्षतमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नव निर्वाचित अध्यक्ष सुनिल शाक्यले नेपाल च्याप्टरको अध्यक्ष पदमा निर्वाचित हुनु एउटा गर्वको विषय भएको बताउदै आगामि दिनमा पर्यटन क्षेत्रमा हरेक सरोकारवाला निकायहरु संग सहकार्य तथा समन्वय गरी नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा आफुले सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यसमितिमा निर्वतमान अध्यक्ष सुमन पाण्डे, प्रथम उपाध्यक्ष दीपकराज जोशी (नेपाल पर्यटन बोर्ड) द्धितिय उपाध्यक्ष जनकराज कालाखेती (नेपाल वायुसेवा निगम) महासचिव विभूति चन्द« ठाकुर (हिमालयन होलिडेज ट्रेकिङ्ग) र कोषाध्यक्ष शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) रहेका छन ।
त्यसैगरी, कार्यसमितिमा ४ वटा पदेन सदस्यहरु क्रमशः रविन्द« क्षेष्ठ (नेपाल वायुसेवा निगम), कृष्ण लम्साल (पर्यटन विभाग) , सुभाष झा (नागरिक उड्यन प्राधिकरण) र श्रदा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) का साथै ७ सदस्यहरु क्रमशः सन्जय भक्त माथेमा (एस.डी.यु ट्राभल), विनय शाक्य (त्रिपिटक होलिडेज) अब्दुल्ला टन्सर केससी (ट्रकिस एयरलाइन्स) खेम लकाई (गेट कलेज) टिका राम सापकोटा (नेपाल भ्याकेसन) टासी गुरुङ्ग (हिमालयन कैलास ट्राभल्स एण्ड ट्रर्स) र अभिषेक विक्रम शााह (चन्दगिरी हिल्स) रहेका छन । पाटा नेपालले ७ सदस्यीय बैकल्पिक समिति तथा ११ सदस्यीय यूथफोरम समेत चयन गरेको छ ।
संघको ४१ औ साधारण सभाले नेपालमा २०३० साल सम्म ५० लाख पर्यटक भि¥याउने उद्देश्यले “भिजन फाइभ मिलियन” प्रस्ताव स्विकृत गरेको छ । पाटा नेपाल च्याप्टरले आगामि दिनहरुमा सोलक्ष्य प्राप्तिका लागि सम्पूर्ण सरोकारवाला व्यक्ति, संघसंस्था तथा महत्वपूर्ण निकायहरुसंग आवश्यक वार्ता, समन्वय र सहकार्य गरी आवश्यक पूर्वाधार निर्माण, नितीगत सुधार, प्रचारप्रसार, सेवा अभिवृद्धि, जनशक्ति निमार्ण लगायत हरेक किसिमका आवश्यक कार्यहरुका लागि उत्प्रेरक तथा सहयोगीका रुपमा पहल गर्ने बताइएको छ।