आगामी पुस २८ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को नयाँ नेतृत्वमा युवा व्यसायी राजकुमार थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
सिएन पाण्डे नेतृत्वको समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका थापाले नाट्टालाई आर्थिक रूपमा समृद्ध र पारदर्शीताका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन्।
उनले नाट्टामा रहेर ‘व्यवसायीको मनमा घर बनाउने’ र सोही अनुरुप काम गर्ने दावी गरे।
गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल)का पूर्वमहासचिव, मगर टुरिज्म संघका वर्तमान उपाध्यक्ष रहेका उनल संस्थाको पारदर्शिताका लागि आफूले उम्मेद्ववारी दिएको समेत प्रष्ट पारे।
थापाले नाट्टाको कोषलाई स्वच्छ र पारदर्शी बनाउनु आजको सबैभन्दा प्रमुख आवश्यकता भएको भन्दै आर्थिक हिसावमा संघलाई स्वच्छ र पारदर्शी बनाउने बाचा गरे।
‘म अरुले जस्तो भवन बनाउने, जग्गा खरिद गर्ने कुरा मात्र गर्दिन उनले भने, विगतमा धेरै कुराहरु भए तर काम केही भएन त्यसकारण अव म काम गरेर देखाउछु । त्यसो हुदाँ मलाई व्यवसायीले पनि विश्वास गर्नु हुनेछ ।’
पछिल्लो समय सरकारले कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णयले साना तथा मझौला व्यवसायीलाई ठुलो समस्यामा पर्ने भन्दै उनले त्यसलाई सम्बोधन गर्न पनि सबैसँग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता जनाए ।
नेपालमा हिमालय मार्टदेखि विभिन्न अन्तर्राष्ट्रियस्तरका मार्टको आयोजनालाई व्यापक बनाउने लक्ष्य राखेका थापाले वाह्य पर्यटकको बसाई लम्ब्याउनेबारे आफूले महत्वपूर्ण भूमिका निभाउने दाबी गरे।
यस्ता मार्टको आयोजनाले नेपाली पर्यटन बजार विश्वभर फेलिन्छ। यसका लागि आवश्यक सबै तह र तप्कासँग समन्वय गरेर अगाडि बढ्ने बताए।
नेपालमा राष्ट्रिय ध्वजाबाहक जहाज थप्नेबारे योजना बनाएको भन्दै उनले नेपालमा लाग्दै आएको ल्याण्डिङ चार्जमा पुनरावलोक गरी विदेशी जहाजलाई समेत नेपाल भित्र्याउन पहल गर्ने बताए।
सानो एयरपोर्ट त्यसमा पनि महङ्गो ल्याण्डिङ चार्ज भएपछि त्यसै पनि कम जहाज आउने भन्दै उनले यदि सरकारसँग राम्रो कुरा गर्न सकिए रातिको समयमा समेत फ्लाइट गराएर पर्यटक भित्र्याउन सकिने बताए।
यसअघि संस्थामा जम्मा भएको रकम बैंकमा होइन उत्पादनमुलक क्षेत्रमा लगानी गरेमा संस्था र संघसँगै व्यसायीको आर्थिक उन्नतिमा केन्द्रित गर्ने योजना सुनाए।
‘सदस्यता शूल्कमा मात्र कस्ने होइन। विभिन्न एयरलाइन्ससँग कन्ट्याक गरी सबै टिकट होल्ड गरेर आफूले चाहेको मूल्यमा बिक्री गर्ने परम्परालाईसमेत अन्त्य गर्ने अग्रसर हुन्छु,’ उनले भने,‘ साना तथा मझौला र ठूला व्यवसायलाई एकै हिसाबले हेरी व्यसाय मैत्री वातावरणका लागि पहल गर्छु।’
उनले करको दायरामा नआएका व्यवसायीलाई पारदर्शी हिसाबमा करको दायरामा ल्याउने दाबी गरे।
‘कुनै पनि व्यवसायीलाई व्यसाय गर्ने सहज वातावरण भएमा करको दायरामा स्वतः आइहाल्छन् नि,’ उनले सुझाए।
पर्यटन क्षेत्रमार्फत संस्था र देशलाई आर्थिक समृद्धीमा सघाउन सकिने उनको भनाए छ ।
ए वान एक्सकर्सन टुर एण्ड ट्राभल्सका सञ्चालकसमेत रहेका थापा दुई दशकदेखि उनी पर्यटन क्षेत्रमा आवद्ध छन्। उनले देश–विदेशको समेत अनुभव हासिल गरेका छन् ।
व्यवसायिक हक अधिकार सुनिश्चिततासँगै आर्थिक पारदर्शीतालाई आफ्नो मुख्य एजेण्डा बनाएका थापाले नाट्टालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफूले उम्मेद्धारी दिएको दोहोर्याए।
पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन भने चुनावमा ४ सय ६७ मतदाताले भाग लिनेछन ।