भारतीय पक्षले नेपालमा पर्यटकको रुपमा भ्रमण गर्ने भारतीय सरकारी कर्मचारीलाई पलििभ ट्राभल कन्सेन्सन(एलटिसी) दिन सकारात्मक भएको छ।
आज सम्पन्न नोपल–भारत सयुक्त पर्यटन कार्यदलको बैठकमा भारतीय पक्षले हाल भारतभित्रमात्र लागू उक्त कार्यक्रमलाई नेपालसम्म विस्तार गर्न सकारात्मक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए।
भातरले आफ्नो निजामति कर्मचारीहरुलाई भारतीय भुभागमा भ्रमण गर्न भत्तासहितको विदा दिने नीति लिएको छ। कुनै पनि कर्मचारीलाई वर्षमा उकपटक पाउने त्यस्तो सुविधामा परिवारसहितको यात्रामा सहुलियत पाउछन्।
नेपाल सरकार र भारत सरकार बीच सन् २०१४ नोभेम्बर २५ मा दुई देश बीच पर्यटन क्षेत्रमा विविध सहयोग आदान प्रदान गर्ने उद्देश्यले सैद्धान्तिक सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार गठन भएको सयुक्त कार्यदलको तेस्रो बैठक आज काठमाडौंमा भएको हो।
उक्त बैठकमा नेपाल पक्षको नेतृत्व यस मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय तथा भारतीय पक्षको नेतृत्व भारत सरकारको पर्यटन मन्त्रालयका सहसचिव सुमन बिल्लाले गरेका थिए।
बैठकमा भ्रमण विदा सहुलियत, यात्रा सुविधा, सडक पूर्वाधारको सुधार, सयुक्त पर्यटन प्रबद्र्धन, लुम्बिनीसँगको हवाई सम्पर्क, जनशक्तीको विषयमा छलफल भएको उपाध्यायले जानकारी दिए।