टोखा नगरपालिकाले पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि यही साउन २७ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि आगामी साउन २७ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
संस्कृतिविद् सत्यमोहन जोशीको उपस्थितिमा र्याली निकालेर आयोजना गर्न लागिएको कार्यक्रममा टोखा नगरपालिकाको गुरु योजना पनि सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।
टोखा नगरपालिकाले स्थानीय भाषा, संस्कृतिको विकासका लागि गुरुयोजना नै तय गरेको छ । सोही गुरुयोजना सार्वजनिक गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारी उपस्थिति हुनेछन्। मेयर अधिकारीले टोखा नगरपालिकालाई समृद्ध बनाउन संघीय सरकार र प्रदेश सरकारसँग पनि विशेष सहकार्य गर्ने योजना अघि सारे।