होटल एसोसिएन अफ नेपाल(हान) ले भारतको बैंग्लोरमा नेपालको पर्यटन प्रबद्र्धन कार्यक्रम गर्ने भएको छ। प्रत्येक वर्ष विदेशमा एउटा प्रबद्र्धनात्मक कार्यक्रम गर्ने नीतिअनुसार यो पटक भारतमा गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले जानकारी दिए।
बैंग्लोरमा रहेका भारतीय होटल तथा पर्यटन व्यवसायीबीचमा नेपालका पर्यटकीय वस्तु तथा सेवाको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए। उनका अनुसार यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सको पनि साथ रहने छ।
भारतीय प्रधानमन्त्रीको मुक्तीनाथ र पशुपतिनाथ भ्रमणपछि भारतीयहरुको नेपाल आगमन निरन्तर बढ्दै गएको अवसरामा यो कार्यक्रम भारतमै गर्न लागिएको उनको भनाइ छ।
काठमाडौंबाट सिधा हवाई उडान भएको र हाइटेक सीटीको परिचना बनाएको उक्त सहरमा नेपालका होटल तथा अन्य पर्यटकीय उत्पादनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको हानकी प्रथम उपाध्यक्ष सिर्जना राणाले जानकारी दिइन्।
नेपालमा पर्यटकीय उत्पादन धेरै भएपनि त्यसको बजारीकरणमा समस्या भएको भन्दै राणाले छिमेकी मुलुकबाटै बजारीकरणलाई आक्रमक बनाउनुपर्ने बताइन्। उक्त कार्यक्रममा नेपालबाट ३० जना व्यवसायी जाने छन्।
नोभेम्बर १९ मा हुने उक्त कार्यक्रममा बि टु बी मिटिङ हुने र जसबाट होटल व्यवासयीहरुले आफ्नो व्यापार विस्तारको अवसार पनि पाउने उनको विश्वास रहेको छ।
का