संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्धि हाँसिल गर्न सकिने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न कोरियाली सरकारलाई उनले आग्रह गरे।
हालै मात्र नेपाल सरकारले देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउदै उनले आन्तरिक र बाह्य पर्यटन प्रबर्दन बिगतको भन्दा राम्रो रहेको कुरा उल्लेख गरे।
पर्यटनको विकास संगसंगै भौतिक पूर्वाधारको बिकासमा पनि उनँले जोड दिए। भौतिक संरचनाको विकास भएन भने पर्यटनको विकास पनि अवरुद्द हुने उनको भनाइ थियो ।
नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आवश्येक कानुनहरु पर्याप्त नभएको बताए। नेपाल–कोरियाबिचको ब्यापार अन्य देशको तहमा हुन नसकेको भन्दै उनले यसलाई बढाउनुपर्ने धारणा व्यक्त गरे। नेपालले पर्यटनको क्षेत्रमा लिएको लक्ष पुरा गर्न आफ्नो देशले सक्दो सहयोग गर्ने कुरा पनि उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे। यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर भएकाले नेपालमा यतिबेला लगानीको लागि उपयुक्त समय आएको उनँले बताए।