तत्कालीन माओवादीले २०५२ फागुन १ मा प्रहरी चौकी आक्रमण गरेर जनयुद्वको सुरूवात होलेरीबाटै भएको थियो।
जनयुद्व अवधिभर विभिन्न पटक चर्चामा रहेको होलेरी शान्ति प्रकृयासँगै तत्काली जनमुक्ति सेनाको सातौं डिभिजन राखिएकाले थप चर्चामा रहिरह्यो।
राजनीतिक रुपमा चर्चित रहेको होलेरी प्राकृतिक धार्मिक सांस्कृति र कृषि उत्पादनका हिसावले पनि उतिकै बलियो छ।
नेपाल सरकारको महत्वमा रहेको सहिदमार्गको सुरुवात यसै ठाउँबाट गरिएको छ।
भारतको कोइलाबास, तराईको महेन्द्र राजमार्ग, घोराही रोल्पाको थबाङहुँदै मध्यपहाडी लोकमार्ग डोल्पा हुँदै चाइनासम्म जोडिने यस सडकको काम भइरहेको छ।
स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रून्टी र तपोभूमि गढी यही पर्छ। यसै स्थानको नामबाट पछिल्लो पटक रून्टीगढी गाउँपालिकाको नामाङ्न गरिएको छ।
यहाँबाट माछापुच्छ्रे हिमालदेखि सिस्नेहुँदै अपिसम्मका हिम श्रृंखला अवलोकन गर्न पाइन्छ। दक्षिण तर्फ दाङ र भारतसम्मका फाँट हेर्न पाइन्छ।
करिव २००० मिटरको उचाइमा रहेको होलेरी बजारको शीरमा गढी लेक छ। करिव २४०० मिटर उचाइमा रहेको उक्त स्थानबाट रून्टीगढी गाउँपालिकाको नौ वटै वडाहरु र करिव ४० जिल्ला अवलोकन र सूर्योदयको दृश्य हेर्न सकिने स्थानीय पर्टनकर्मी ऋषिराम श्रेष्ठले बताए।
हिमश्रृंखला र सूर्योदय अवलोकनका लागि पर्यटन मन्त्रालयको लागनीमा भ्यूटावर निर्माण भएको पनि श्रेष्ठले वताए।
प्रसिद्द तिर्थस्थल स्वर्गद्वारी जान यसै मार्ग भएर जाँदा महाप्रभु जन्मेको पवित्र भूमी रून्टी र तपोभूमि गढी अवलोकन गर्न पाइन्छ।
रून्टीगढी उद्योग वाणिज्य संघका सयोजक गोपाल डाँगीका अनुसार होलेरीमा आरमदायी होटेलहरु सच्चालनमा छन्। निर्माणाधिन अवस्थामा पनि केही होटलहरू रहेकाले बास र खानाका लागि राम्रो व्यवस्था हुने उनले बताए।
हिउँदमा हिउँ पर्ने भएकाले हिँउ खेल्न पनि होलेरी पुग्न सकिन्छ। सूर्योदय र सूर्यास्तका दृष्यले होलेरी बजार विहान र साँझ स्वर्णीम देखिन्छ।
होलेरी नजिकै रहेको शिव पार्वती गुफा मुरूल्ले लेक र तरकारी उत्पादन साथै पशुपालनले यस क्षेत्र शुन्दर देखिन्छ।
चिसो मौसम र चिसो हावा चल्ने भएकाले विशेष गरी चैत्र वैशाख र जेठमा तराईबाट आन्तरिक पर्यटकको रोजाइमा होलेरी पर्छ।
कृषि उत्पादन र पशु चौपाया उत्पादनका लागि पकेट क्षेत्रका रूपमा सरकारले लगानी गर्न सके यस क्षेत्रले वर्षेनी सयौं टन तरकारी उत्पादन गर्न सक्ने रुन्टीगढी गाउँपालिकाका वडा न.७ का वडा अध्यक्ष जंगबहादुर घर्तीले वताए।
‘होलेरी क्षेत्र हीरा जस्तै छ,’ रून्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने। उनका अनुसार धार्मिक प्राकृतिक सांस्कृति युद्व पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा कृषि र पशु उत्पादनको राम्रो सम्भावना छ।
कसरी पुग्ने होलेरी
१. काठमाडौंबाट भैरहवा वा नेपागजसम्म हवाइजहाजको यात्रबाट पुगेपछि दाङ सदरमुकाम घोराहीहुँदै साना तथा ढुला सवारी साधनबाट पिचबाटोको यात्रा मार्फत करिव ६ घन्टामा पुगिन्छ होलेरी।
२- काठमाडौंबाट रात्री बसको यात्राबाट बिहान सूर्योदय हेर्न पुगिन्छ होलेरी।
होलेरीमा घुम्ने ठाउँ
२०५२ साल फागुन १ गते पहिलो आक्रमण भएको प्रहरी चौकी रहेको स्थान र क्यान्टोनमेन्टहरू।
स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रून्टी र तपोभूमि गढीलेक ।
स्वर्गद्वारी आश्रम
सूर्योदय र सूर्यास्त
जनयुद्वका क्रममा हजारौंको सहभागीतामा निर्माण सुरु भएको सहिद मार्ग
माछापुच्छ्रे धौलागिरीदेखि सिस्ने अपिसम्मका हिमश्रृंखला।
स्थानीय शिवपार्वती गुफा मुरुल्ले लेक ।
नमुना तरकारी तथा पशु उत्पादन उत्पादन क्षेत्र