प्युठान जिल्लामा रहेको धार्मिकस्थल स्वर्गद्वारीमा वार्षिक ६ लाख पर्यटक पुग्ने गरेका छन्। मनले इच्छाएको पुरा हुने धार्मिक विश्वासले पनि टाढाटाढाबाट भक्तजन त्यहाँ पुग्ने गर्छन्।
स्वर्गद्वारीको दर्शन गरे राम्रो हुन्छ भन्ने सुनेर मन्दिर दर्शन गर्न सल्यानदेखि आएको भक्तजन निर्मला गिरी बताउँछिन्।
‘स्वर्गद्वारी जाने पहिल्यैदेखिको चाहना थियो। अब पुरा भयो’, उनले भनिन्।
मन्दिरमा दैनिक गिता–पाठ, हवन, रूद्राभिषेक, भागवत हुने गर्दछ।
गुरू पुर्णिमाको दिन यहाँ भक्तजनहरूको भिड हुने गर्दछ। त्यस्तै अक्षय तृतीया र रामनवामीमा पनि यहाँ भिडभाडै हुने हुने गरको मन्दिर व्यवस्थापक बावुराम न्यौपानेले बताए।
‘दैनिक हजार÷बाह्र सय भक्तजन आउने गर्दछन्। वर्षमा ६ लाख जति भक्तजन हुन्छन्’, उनले भने।
उनका अुसार साउन भदौ तिर भारतीय भक्तजनको चाप हुने गर्छ। पुस, माघ देखि भने नेपाली भक्तजन बढी आउने गर्छन्।
भक्तजनले यहाँ आएर विवाह, व्रतवन्ध, पुजा पाठ लगायतका शुभकार्य गर्न सक्छन्। त्यसको मूल्य निर्धारण मन्दिर व्यवस्थापन विभागले गर्दै आएको छ। टाढाबाट आउने भक्तजनलाई बस्ने व्यवस्था गरिएको छ। त्यसको शुल्क ५० रूपैयाँ लाग्छ। खानाको एक सय रूपैयाँ लाग्ने उनी बताउँछन्।
उनकाअनुसार दैनिक तरकारीको लागि गाईको मलबाट उनीहरूले साग खेती गरेका छन्।
यज्ञका लागि २६ हजार रोपनी आश्रमले चर्चेको जग्गा छ। दाङमा पनि ५० हजार खेतीयोग्य जमिन भएको न्यौपानेले जानकारी दिए। मन्दिर परिसरमा ५÷६ वटा दानपेटिका राखिएको छ। भक्तजनले दानपेटिकामा खसालेका पैसाले पनि मन्दिर व्यवस्थापनमा सहज भएको उनी बताउँछन्।
उनकाअनुसार यस मन्दिरलाई प्राचिनकालमा नै स्वर्गको लेक भन्ने गर्दथे। पाच पाण्डपले अन्तिप पटक यस मन्दिरमा आएर यज्ञ गरी स्वर्ग गएका कारण यस मन्दिरको नाम स्वर्गद्वारी रहेको हो।
सबै तस्बिर: सुनिता सिटौला/सेताेपाटी