गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष घोषणा गरेको ५ महिनापछि प्रचार सामग्री तयार पारेको छ।
सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटको पुस्तक, टिसर्ट, टोपी, स्टिकर र कप तयार पारेको हो।
सामग्रीहरूको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक गरे।
उनले गण्डकी प्रदेशले पर्यटनलाई प्रमुख अर्थतन्त्रको प्रमुख आधार बनाएको बताए।
उनले भदौसम्म प्रचारप्रसार गर्ने असोजदेखि पुससम्म पर्यटकहरूको पोखरासँगै गण्डकी प्रदेशमा आउने बताए।
पुस्तकमा गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका १ सय १० पर्यटकीय गन्तव्य र सबै जिल्ला अन्य पर्यटकी गन्तव्यको बारेमा जानकारी दिएको छ।
पर्यापर्यटन, ग्रामीण पर्यटन, धार्मिक, साँस्कृतिक, साहसिक पर्यटनलाई समेटको छ।
आन्तरिक पर्यटन वर्ष २०१९ मा गण्डकी प्रदेशले १५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
आएका पर्यटकहरू ५० प्रतिशत नयाँ गन्तव्यहरूमा पुग्ने र पर्यटन उद्योगमा लगानीका अवसरहरू बढाउने सरकारको लक्ष्य रहेको छ।