भातरको राजस्थान सरकारले जेष्ठ नागरिकलाई पशुतिनाथको दर्शन गर्न निशुल्क यात्रा गराउने भएको छ। त्यहाँको प्रदेश सरकारले नेपालमा रहेको पशुपतिनाथ मन्दिरसँगै ३ धार्मकि गन्तव्यमा जानका लागि निशु:ल्क यात्रा लगाउने निर्णय गरेको इन्डिय टुडले समाचार प्रकाशित गरेको छ।
राजस्थान सरकारले देहरादुन र कलत्ताका लागि पनि निशुल्क यात्रा लगाउने निर्णय गरेको छ। सरकाले जेष्ठ नागरिकलाई काठमाडौंसम्म निशुल्क हवाई यात्रा लगाउने छ।
त्यहाँको सरकारले जेष्ठ नागरिकलाई नौ धार्मिक गन्तव्यमा हवाई यात्रा निशुल्क गरिदिएको छ। रेलयात्रामा आठ गन्तव्यमा निशुल्क रहेको छ। यो वर्ष यस्तो सुविका १० हजारले लिएको राजस्थान सरकारले जानकरी दिएको छ।
धार्मिक गन्तव्यमा निशुल्क यात्राको सुविधा पाउनका लागि ७० वर्ष माथि हुनुपर्ने छ।