कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाई समावेश गरेर फोटो किताव प्रकाशन भएको छ । भरतबन्धु थापाको लेखन तथा तस्बिर समावेश गरेर इकोनोमिक रिर्फम मिडिया प्रालीको सयोजनमा भु तथा जलधार व्यबस्थापन कार्यलय, कर्णाली प्रदेश सुर्खेतले गन्तव्य कर्णाली फोटो किताव प्रकाशन गरेका हो ।
थापाले यस अघि पश्चिम नेपालको पर्यटन प्रबर्द्धन गर्ने हेतुले बिभिन्न संघ सस्थाहरुसँग मिलेर दैलेख,सुर्खेत,धनगढी,बाँके, काठमाण्डौ लगाएतमा पश्चिम नेपालका पर्यटकीय स्थलहरुलको तस्बिर प्रर्दशनी गरी सकेका छन् ।
बाघ हेर्नका प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरी सकेका छन् ।
गन्तब्य कर्णाली फोटो किताबमा आन्तरीक पर्यटकको अत्याधिक रुचि देखाएको रारा देखी नेपालकै सबैभन्द उच्च स्थानमा रहेको मानव वस्ती डोल्पाको धो, ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगाएतका तस्बिरहरु समावेश गरिएका छन् । किताबमा कर्णाली प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय नक्शा समेत समावेश गरीएको छ ।