संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले चीनको सिचुवान प्रान्तका अधिकारीहरुसँग भेटघाट गरेका छन्। छैठो शिचिवान अन्तर्राष्ट्रिय पर्यटन प्रदर्सनमा भाग गएका बुढाले प्रान्तका उपप्रमुखसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गरेका हुन्।
दुइपक्षीय भेटवार्तामा नेपाल र चीनको सिचुवान प्रान्तबिच सँस्कृति,पर्यटन,प्रविधि आदान प्रदान,युवा दक्ष जनशक्ति उत्पादन,साँस्कृतिक संपदाको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बुढाको सचिवालयले जानकारी दिएको छ।
भेटको क्रममा बुढाले चिनियाँ पर्यटक बढीभन्दा बढी नेपाल ल्याउन सहकार्य आवस्यक भएको बताएका थिए। उनले त्यसका लागि पूर्वाधार तथा सिधा सम्पर्कमा जोड दिनुपर्ने बताएका थिए।