कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपति देखि शे–फोक्सुण्डोसम्म मोटरसाईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो पुगेको छ ।
काठमाण्डौदेखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । कर्णाली प्रदेशको जाजरकोट,रुकुम पश्चिम,सल्यान र डोल्पा जिल्लाको पर्यटकीय सम्भावना भएर पनी पर्यटन प्रवद्धन हुन नसको भन्दै पर्यटन प्रर्वद्धन गर्ने हेतुले मोटरसाइृकला यात्रा गरेको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।
टोलीले चार दिन लगाएर दुनै पुगेको थियो । पहिलो दिन काठमाण्डौ देखि दाङ, दोस्रो दिन जाजरकोट तेस्रो दिन डोल्पाका त्रिपुरकोट र चौथो दिन दुनै बजार पुगेको थियो ।
जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ । बाटोमा पुलहरु नहुदा केही असहज भएको नास बुलेट कल्बका अध्यक्ष प्रकाश लिम्बुले बताए ।