नेपाल आउने चिनियाँ पर्यटकको बृद्धिदर उच्च रहेको छ। सन् २०१९ को जनवरीदेखि अक्टुबरसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशत बढी चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार यो बीचमा १ लाख ३४ हजार चिनियाँले नेपाल भ्रमण गरेका छन्।
बृद्धिदर उच्च देखिएपनि अहिलेसम्म नेपालमा बढी आउने भारतीय पर्यटक नै रहेका छन्। योबीचमा १ लाख ६९ हजार भारतीयले नेपाल भ्रणम गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतलेमात्र बढी हो।
यो अविधमा जापान,सिंगापुर, श्रीलंका, चेक रिपब्लिक,चाइनिज ताइपेइ, थाइल्यान्डबाट नेपाल आउने पर्यटकको बृद्धि भएको छ। अमेरिका,क्यानडा र अष्ट्रेलियाबाट नेपाल आउने पर्यटको संख्यामा पनि बृद्धि भएको छ।
समग्रमा अघिल्लो वर्षको तुनामा यो वर्ष ८ प्रतिशतले पर्यटक बढेका छन्।