नेपाललाई हिमालयको देश भनेर विश्वभर चिनिन्छ। नेपाल सरकारको तथ्यांकअनुसार समुन्द्र सतहदेखि ८ हजार भन्दा उच्च स्थानमा रहेका हिमालको संख्या नेपालमै १४ ओटा छन्। तर विश्व पर्तारोही महासंघको सूचीअनुसार नेपालमा ८ ओटा छन्।
यी हिमालमध्ये संसारकै अग्लो चुचुरो सगरमाथा पनि नेपालमै पर्छ। सगरमाथा संसारकै आकर्षक हिमाल हो। अर्थात् लोकप्रीय हिमाल हो। त्योसँगै नेपालमा अन्य हिमाल पनि उत्तिकै आकर्षक छन्।
हिमाल सम्बन्धि तथ्यांक राख्ने पर्यटन विभागका अनुसार हालसम्म सबैभन्दा बढी आरोहण गरिएको हिमाल सगरमाथा हो। समुन्द्र सतहदेखि ८ हजार ८४८ मिटर उचाइमा रहेको सगरमाथामा सन् २०१८ सम्म ५ हजार ८६४ जनाले आरोहण गरिसकेका छन्।
सन् २०१९ को समर सिजनमा सगरमाथा ३७८ जनाले आरोहण गरेका थिए। सगरमाथाको पहिलो आरोहण सन् १९५३ मा भएको थियो। न्युजल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सफल आरोहण गरेका थिए।
सगरमाथापछिको सबैभन्दा आरोहही पुगेको हिमाल हो मनास्लु। ८ हजार १६३ मिटर उचाइमा रहेको यो हिमाल १८९७ जनाले आरोहण गरेका छन्। मनास्लुको पहिलो आरोहण सन् १९५६ मा भएको थियो।
८ हजार माथिको अर्को लोकप्रीय हिमाल हो ल्होत्से। यो हिमाल सन् २०१८ सम्म ७१९ जनाले आरोहण गरेका छन्।
चौथो धेरै आरोही पुगेको अर्को हिमाल हो धौलागिरी। ८ हजार १६७ मिटर उचाइमा रहेको यो हिमाल सन् २०१८सम्म ५३७ जनाले आरोहण गरेका छन्।
पाँचौं लोकप्रीय हिमाल मकालु हो। ८ हजार ४६३ मिटर उचाईमा भएको यो हिमाल सन् २०१८ सम्म ५१९ जनाले आरोहण गरेका छन्।