पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला इएम्आइटीटी को २४ औं सस्ंकरणमा नेपालले पनि सहभागिता जनाएको छ।
३० जनवरी देखी २ फेब्रुअरी २०२० सम्म टर्कीको इस्तानबुलमा सम्पन्न उक्त मेलामा टर्किका दर्शकहरुलाई विभिन्न पर्यटकीय गन्तब्य, सेवाहरुको बारेमा आवश्यक जानकारी तथा सेवा प्रदान गर्ने ब्यवसायीहरुले पर्यटक उत्पादनहरु प्रर्दशन गरी आपनो बलियो उपस्थिति जनाएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
नेपाली स्ट्याण्डमा टर्कीका संस्कृति तथा पर्यटन मन्त्री मेहमेत नुरी एरसोइले पनि भ्रमण गरेका थिए।
टर्किको बढ्दो आउटबाउन्ड र राम्रो हवाई सञ्जालका कारण हालैका वर्षहरुमा धेरै एशियाली देशहरुको लागि राम्रो स्रोत बजारको रुपमा स्थापित भएको छ र नेपाल पनि यी मध्य एक हो ।
नेपालको स्टलमा ५०० भन्दा बढी ट्रेड भिजिटर आएका थिए। १००० भन्दा बढीले स्टल अवलोकन गरेका थिए ।