हिमाल आरोहणका लागि अफ सिजनका रुपमा लिइने फेब्रुअरीमै चारजना शेर्पा भने सगरमाथा आरोहणका लागि हिडेका छन्।
टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पा सगरमाथा आरोहणका लागि हिडेका छन्। उनीहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सगरमाथा आरोहणका लागि हिडेका जानकारी दिएका छन्।
पाँच दिनमै सगरमाथा आरोहण गरिसक्ने घोषणा गरेका उनीहरुले विश्व रेकर्ड राख्ने बताएका छन्। विन्टर सिजनमा पाँच दिनमै सगरमाथा आरोहण भएमा रेकर्ड हुने उनीहरुको दाबी छ।
हिमाल आरोहणका टिम लिडर टासिलाक्पा शेर्पाले हिउँदको समयमा अफ सिजनमा समेत बिना अक्सीजन सगरमाथाको आरोहण गरेर अर्को नयाँ विश्व कीर्तिमान कायम गर्ने दाबी गरे।
उनीहरुले फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने बताएका छन्।