सन् २०२० लाई भ्रमण वर्ष मनाउने भन्दै गठन भएको भ्रमण वर्ष सचिवालय विघटन भएको छ।
भ्रमण वर्षको कार्यक्रम स्थगित भएपछि सरकारले २०७७ बैशाख १ गतेदेखि सचिवालय पनि विघटग गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।
सरकारले भ्रमण वर्ष सफल बनाउने भन्दै कार्यक्रम कार्यान्वयन गर्न सचिवालय गठन गरेको थियो। उक्त सचिवालयको संयोजकमा सुरझ बैद्यलाई नियुक्त गरेको थियो।