सयुक्त राष्ट्र विश्व पर्यटन संगठनका पूर्व महासचिव डा तालेव रिफाईको संरक्षकत्वमा प्रोजेक्ट होप ट्राभल अभियान सुरुवात भएको छ।
यो अभियानमा नेपालबाट नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी पनि ग्लोबल लिडरका रुपमा समावेस भएका छन्। यो अभियानमा २७ जना लिडर रहेका छन् जुन विभिन्न देशबाट प्रतिनिधित्व गर्छन्।
पर्यटन लाई दिगो रुपमा सफल र दह्रो बनाउन आवश्यक हुने विशेष ज्ञान र सीप परियोजनाबाट नेपालले लिनसक्ने जोशीले जानकारी दिए।
'नेपाल लगायत दक्षिण एसियाली देशहरुले पनि नयाँ परिवेशमा पर्यटन लाई कसरी अघि बढाउने, गन्तव्यका सफल अभ्यासहरु प्रचारीत गरी कसरी लाभ लिने, भविश्यमा आउने संकटसंग जुद्ध्न कसरी तैयार रहने जस्ता विषयमा थप सजग र सकारात्म रुपले सक्रिय रहन सहयोग लिन सक्नेछन” जोशीले भने।
कोभिड–१९ ले पर्यटनमा पार्नै परिस्थितीका लागि तैयार रहन र पर्यटनमा नयाँ सोच तथा पहलका साथ अघि बढ्ने क्रममा पर्यटनलाई प्राथमिकतामा राख्दै अघि बढिरहेका देशहरु तथा गन्तव्यहरुलाई सहयोग गर्न यो परियोजना शुरु गरिएको उनले जानकारी दिए।
यो अभियानमा हालसम्म करीब ३२ देशका प्रतिनिधिहरु संलग्न भैसकेका यस प्रोजेक्ट होप ट्राभल परियोजनाले पर्यटनलाई विश्वव्यापी रुपमा अँझ बढी उत्तरदायी, सुन्दर ,र समृद्ध बनाउन थप भूमिका खेल्ने उनको भनाइ छ।
विश्व पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका र विशिष्ट योगदान दिएका व्यक्तिहरुको सक्रियतामा अघि बढाइएको यस परियोजना लाई अफ्रिकन टुरिजम बोर्डले आत्मसात गर्दे अघि बढाउने भएको छ । समग्र अफ्रिका लाई एक गन्तव्यका रुपमा विकास र प्रवर्द्धन गर्ने अवधारणासहित २०१८ को नोभम्बरमा लन्डनमा भएको वल्र्ड ट्राभल मार्केटमा यस बोर्डको लन्चिंग गर्दै शुरुवात भएको थियो । अफ्रिकी देश संगै विश्वका ६० भन्दा बढी देश र अन्य पर्यटन संग सम्वद्ध संस्थाहरु यस बोर्डका सदस्य रहेका छन ।