लकडाउनपछिको उडानका लागि बुद्ध एयरले घुमफिर प्याकेज ल्याएको छ। एयरलाइन्सले बुध्द होलिडेज मार्फत् उक्त प्याकेज ल्याएको हो।
बुध्द होलिडेजले पोखरा र चितवनका लागि प्याकेज ल्याएको हो। बुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले स्थानीय होटलहरुसँग सहकार्यमा उक्त प्याकेज ल्याएको हो।
कोभिडविरुद्धका सुरक्षा निर्देशिका ल्याएर पनि पूर्वअभ्यास पनि गरिसकिएको र यसबाट सुरक्षित उडान तथा यात्रा हुने होलिडेजले आश्वस्त पारेको छ।
निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुरेण्ट तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजका सिईओ आस्था बस्नेतले जानकारी दिइन्।
‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील रहेका छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्ने छौं’बस्नेतले भनिन्।
दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार 999 रुपैयाँ रहेको छ। काठमाडौंबाट दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किँदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।
यसैगरि चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य ७९९९ रुपैयाँ रहेको छ ।दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।
सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरी सेवा सुरक्षित छन् देखाई विदेशी पर्यटकलाईसमेत भित्र्याउनु रहेको बस्नेतले बताइन् ।
सरकारले भदौ १ देखि हवाइ उडान खुलाउने निर्णय गरिसकेको छ।