मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिबन्ध थप लम्ब्याइएको छ।
कोरोना भाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरूलाई प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरूले जनाएका छन्।
विदेशी पर्यटकलाई लगाइएको प्रतिबन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पुर्याइएको पनि उनीरूले बताएका छन्।
मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्बोधन गर्दै विश्वभरी नै कोरोना संक्रमितहरूको संख्या वृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे।
उनले आफ्नै देशमा पनि संक्रमितहरूको संख्या दिनप्रतिदिन बढिरहेकोले आन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्नेमा जोड दिए।
बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन्।
मलेसियामा अहिलेसम्म कोरोना भाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने अरू १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।
थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरू भइसकेका मुहिद्धिनले बताए।
नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताए।
मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरू भने पालना गरिरहनु पर्नेमा सबैले आह्वान गरिरहेका छन्।