संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक एकैपटक पाँच लाख पर्यटक घुम्न तथा बस्न मिल्ने पूर्वाधार बनाउन पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक घुम्न,बस्न मिल्नेगरी पदमार्ग,साईकलिङ लगायतका उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्।
मन्त्रीले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार,म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न निर्देशन दिए।