नेपालमा लकडाउन सुरु भएपछि पहिलोपटक हिमाल आरोहणको अनुमति दिइएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटनले विभागले एक नेपाली टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो।
विभागले ६ जना पुरुषको टिमलाई बरुण हिमाल आरोहण अनुमति दिएको जानकारी दिएको छ। सबै नेपाली रहेको यो टोलीको नेतृत्व दावा स्टेफन शेर्पाले गरेका छन्।
विश्वव्यापी महामारी घोषणा भएपछिको यो पहिलो उडान अनुमति हो।
यसअघि हिमाल आरोहणका लागि बहराइनका राजकुमारलाई नेपाल आउने अनुमति दिइएको भए पनि उनको उडान दलले अनुमति भने लिइसकेको छैन।