प्रभु हेलिकप्टरले दसैं तथा तिहारको अवसर पारेर गोसाइँकुण्ड यात्रा गराउने भएको छ।
कम्पनीले प्रति व्यक्ति १९ हजार रुपैयाँमा गोसाइँकुण्ड यात्रा गराउन लागेको हो।
यात्रा प्याकेजमा काठमाडौंबाट दुईतर्फी यात्रा र गोसाइँकुण्डमा आधा घण्टा दृश्यावलोकन समय रहने बताइएको छ।
सहरी क्षेत्रका शक्तिपीठ कोभिड १९ का कारण बन्द भएकोबेला भीडभाड नहुने र प्राकृतिक सुन्दरता सहितका गोसाइँकुण्ड जस्ता धार्मिक ठाउँ दर्शनको लागि उपयुक्त हुने भएकाले प्याकेज बनाइएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए।
हेलिकप्टरमा पाइलटबाहेक ५ जनाको सिट क्षमता हुने भएकोले ५ जनाको समूहमा जाँदा सहज हुने राजलवटले सुझाए।
कम्पनीले भर्खर भित्र्याएको नयाँ एयरबस हेलिकप्टर एच १२५ एएस ३५० बी ३ ईबाट यात्रा गराउने जनाएको छ।