चितवनमा साइकलको प्रयोग बढाउन 'बर्टोन बाइकिंग एड्भेन्चर २०२०' साइकल र्याली हुने भएको छ।
वाह बाइकले आयोजना गरेको र्याली कात्तिक २८ गते शुक्रबार हुन लागेको हो। यो यात्रा फिस्लिंगदेखि उपर्दाङगढी, शक्तिखोर हुँदै भरतपुरसम्म ६५ किलोमिटरको हुनेछ।
आयोजक वाह बाइकले उक्त साइकलिङ रूटको नाम बेलायती साइक्लिस्ट बेरिल बर्टोनको सम्मानमा 'बर्टोन ट्रयाक' राखेको हो।
यात्रामा सहभागी हुन बिहीबार मध्यान्ह सम्ममा https://forms.gle/UHFtLnUSzM36J6sb6 अनलाइन फर्म भर्नुपर्नेछ।
त्यस्तै यो यात्रामा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।
आयोजक वाह बाइकले मानिसलाई मनोरञ्जनसँगै यातायातका लागि साइकल चढ्न प्रोत्साहन गर्ने उद्देश्यले यात्राको आयोजना गरेको हो।
त्यस्तै विभिन्न तहका सरकारलाई चितवनमा साइकलका पूर्वाधार निर्माण गर्न बाध्य पार्न समेत कार्यक्रमको आयोजना गरेको आयोजक वाह बाइकले जनाएको छ।