पोखराबाट सिधै मुक्तिनाथ जोड्ने केबलकार आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ।
मुक्तिनाथ केबलकार कम्पनीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर लगानी बोर्डमा पेश गरेको छ।
बोर्डसँग भएको सम्झौता बमोजिम कम्पनीले प्रतिवेदन पेश गरेको हो।
कठिन भौगोलिक अवस्थाका कारण यो आयोजनाको विस्तृत रिपोर्ट बनाउन जहाजबाट अध्ययन भएको थियो।
अस्ट्रेलियाको एएमएम कम्पनीले उक्त जहाज ल्याएको थियो। सेस्ना एफ ४०६ क्याराभान जहाज प्रयोग गरी भौगर्भिक अध्ययन गरिएको थियो।
कम्पनीले २०७५ भदौमा लगानी बोर्डबाट आयोजना तयारीको अनुमति पाएको उक्त कम्पनीले १८ महिनाभित्र इआइए, डिपिआर तथा लगानी व्यवस्थापन गरिसक्ने समयसीमा पाएको थियो।
८० किलोमिटर लामो हुने यो आयोजना सम्पन्न हुनेबेलासम्म कुल ५० अर्ब लागत पुग्ने अनुमान गरिएको छ। यो कम्पनीको पूरै स्वामित्व नेपालीकै हुनेछ।
यो सम्पन्न भएमा संसारकै लामो यात्रुबाहक केबलकार बन्नेछ। यसमा ७७६ वटा गोन्डुला र ७७७ टावर हुने अनुमान गरिएको छ।
लामो दूरीको यात्रा भएको र उचाइका कारणबाट पनि ठाउँठाउँमा अनिवार्य झर्नैपर्ने स्टेनसनहरू हुनेछन्। त्यस्तै ठाउँठाउँमा बास बस्नुपर्ने अवस्था पनि हुनेछन्।
केबलकारबाट जाँदा पोखराको नयाँपुलबाट सुरू हुने छ। त्यसबाट गएपछि विभिन्न ठाउँमा झर्नैपर्ने स्टेसन हुने छन्। त्यस्तै स्वेच्छिक झर्न मिल्ने स्टेसन पनि हुने छन्।
यो पनि
८४ किलोमिटरको केबलकार परियोजनाः डिपिआरको लागि अस्ट्रेलियाबाट जहाज